काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले मलको अभाव नरहेको भनेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको विषयमा सत्यता नरहेको बताएका छन् ।

एकातिर किसानले मल नपाइरहेको र अर्कोतिर मल अभाव नरहेको भनेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनिरहेको भनेर प्रश्न उठाएका हुन् ।

advertisement

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले कालोबजारीको मल महंगोमा किन्न किसान बाध्य रहेको बताए ।

किसानको समस्या पहिचान गरेर समाधान गर्न र कम्तीमा मल समयमै उपलब्ध गराउन उनको आग्रह छ ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com