काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र देखिएका दुई मतभेद समाधान भइसकेको बताएका छन्।

मंगलबार धनकुटाको हिलमा सम्पन्न कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै पोखरेलले ७० वर्षको उमेर हद र दुई कार्यकालको विषयमा देखिएको मतभेद समाप्त भइसकेको जानकारी दिए।

advertisement

उनले भने, “पार्टी सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा उक्त विषय टुङ्ग्याइसकेको छ। यसमा केवल कर्ण थापाको असहमति बाँकी छ।”

पोखरेलले पार्टी विधानमा गरिएको स्थगन निर्णय आफूले नै गरेको तर कार्यकर्ताहरूसँग असम्बन्धित विषयलाई विवादमा नफसाउन आग्रह गरे। उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिले सक्रिय राजनीतिमा नआउनु नै पार्टी, लोकतन्त्र र पूर्वराष्ट्रपतिको हितमा भएको बताए।

उनले पार्टीभित्र जारी अन्तर्घातलाई छोडेर एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै भने, “पार्टीलाई बालियो बनाउन सबै नेता कार्यकर्ताले एक जुट हुनुपर्छ।”

पोखरेलले सामाजिक सञ्जालमा पार्टी र नेताविरुद्ध अनावश्यक टिप्पणी नगर्न निर्देशन दिएका छन्। उनले एमालेकै नेतृत्वमा समाज परिवर्तन सम्भव रहेको भन्दै २०८४ सालसम्म पार्टीको लक्ष्य सफल पार्न सबैमा अनुशासन र एकताका लागि आग्रह गरे।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com