काठमाडौं ।  काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) को च्याम्पियन नेपाली एमएमए खेलाडी रवीन्द्र ढाटलाई सम्मान गरेको छ।

महानगरपालिकाले ढाटलाई २ लाख रुपैयाँ पुरस्कारसहित सम्मान पत्र प्रदान गरेको हो।

advertisement

रवीन्द्र ढाटले एमएफएन १७ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि गौरवपूर्ण सफलता हासिल गरेका थिए।

महानगरपालिकाका अधिकारीहरूले यस्तो सम्मानले खेलाडीहरूलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

धेरै खेलाडीहरूलाई पनि यस्तै सम्मान र सहयोग मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com