काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलखादको समस्या सधैँका लागि समाधान गर्नेतर्फ सरकार अघि बढिरहेको बताएका छन्।
प्रधानमन्त्रीसँग रासयनिक मलको अभावबारे भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले रासयनिक मलको बारेमा पछिल्ला दिनमा केही समस्या आइरहेको भन्नेबारेमा छलफल भएको जानकारी दिए।
मलको समस्या कुन ढंगबाट सधैँका लागि समाधान गर्ने भन्नेबारेमा प्रधानमन्त्रीले चासो राखेको उनको भनाइ थियो।
उनले मधेस प्रदेशमा ८० प्रतिशत भन्दा बढी रोपाइँ भइसकेको बताए। अब मलखादको समस्या नहोस् भनेर सरकार लागिपरेको उनले बताए।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया