विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी फरार भएका छन्।

जबरजस्ती करणी (बलात्कार) मुद्दामा सजाय भोगिरहेका २८ वर्षीय रुपक पौडेल खत्री, जो खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ का बासिन्दा हुन्, मंगलबार राति कारागारबाट भागेका हुन्।

advertisement

जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो। उनी पर्खाल नाघेर फरार भएका थिए।

सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय फैसला गरेको थियो। उनी २०८१ साउन २१ गतेदेखि कारागारमा रहेर सजाय भोग्दै आएका थिए।

घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com