बुटवल । नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य उमा काफ्ले नेकपा (एमाले)मा प्रवेश गरेकी छिन्।
दाङको लमहीमा सुरु भएको एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकमा काफ्लेलाई एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले औपचारिक रूपमा पार्टीमा स्वागत गरेकी हुन्।
रुपन्देहीकी महिला नेतृ काफ्ले सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख पनि रहिसकेकी छन्। बैठकमा पार्टीका केन्द्रीय सदस्य र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित अन्य शीर्ष नेताहरूको सहभागिता रहेको छ।
प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता तथा केन्द्रीय सचिव एवं लुम्बिनी इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा जारी बैठकमा मनोनीत सदस्यको शपथ ग्रहण, अन्तर–पार्टी निर्देशनको अध्ययन, सचिवालयको निर्णय अनुमोदन, प्रदेश कमिटीमा मनोनयन, वार्षिक कार्ययोजना २०८१ को समीक्षा र २०८२ को प्रस्ताव, वडा तथा टोल केन्द्रित अभियानको निरन्तरता, र विधान महाधिवेशनको तयारीलगायत विषयहरूमा छलफल भइरहेको छ।
त्यसैगरी, बैठकका अन्य एजेन्डामा जिल्ला कमिटी, सल्लाहकार कमिटी र विभिन्न विभागहरूको बैठकसम्बन्धी प्रस्तावहरू पनि समावेश गरिएको छ।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया