काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीका आरोपित जिबी राई अझै पक्राउ नपरेकोमा सरकारलाई प्रश्न गरेको छ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएको केहीबेरमै रास्वपाका सांसद अशोक कुमार चौधरीले सभामुखसँग समय लिएर गृहमन्त्री रमेश लेखकसँग जवाफ मागे।

advertisement

सांसद चौधरीले प्रश्न गरे, “जिबी राई कहाँ लुकाइरहेका छन्? गृहमन्त्री हुनु भएको कति महिना भयो? उनी घरभित्र छन् कि सत्ताको ओढारभित्र?”

उनीसँगै गिरिबन्धु टिइस्टेट प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणको अवस्था पनि गृहमन्त्री लेखकसँग सोधियो। चौधरीले भने, “गिरिबन्धु टिइस्टेटको फाइल कहाँ हरायो? के यसले पनि राजनीतिक पासपोर्ट पायो? नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाको बयान कहाँ पुगेको छ?”

रास्वपाका सांसदले यी प्रकरणमा छानबिन र कारबाही प्रक्रिया अघि बढाउन तत्काल कदम चाल्न सरकारसँग माग गरे।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com