काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बोल्दै कांग्रेस र एमालेको राजनीतिक सहकार्य आगामी ०८४ सालको निर्वाचनसम्म कायम रहने बताएका छन्। उनले सरकारको उद्देश्य राजनीतिक र नीतिगत स्थिरता सुनिश्चित गर्नु र बिग्रेको अर्थतन्त्रलाई सुधार्नु रहेको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले भने, “संसदमा कांग्रेस र एमाले मात्र होइन, अन्य दलहरू समेत सहभागी भएको बलियो बहुमतको सरकार छ। त्यसैले अस्थिरता फैलाउने प्रयास विफल हुनेछ। आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्नेछ।”
उनले लोकतन्त्रका लागि गरेका संघर्ष र जेल जीवनको स्मरण गर्दै, यो प्रणाली आफ्नो ज्यान सरह प्रिय रहेको बताए। साथै उनले सोलोमनको न्यायको कथा उद्धृत गर्दै भने, “सही निर्णय र न्यायको मार्ग सदैव पारदर्शी र मर्मस्पर्शी हुनुपर्छ। जस्तो कि सोलोमनले साँचो आमालाई बच्चा फिर्ता दिएका थिए, हामीले पनि नीति र न्यायको मार्गमा स्थिर रहनुपर्छ।”
प्रधानमन्त्री ओलीको सम्बोधनले सरकारको स्थिरता र राजनीतिक सहकार्यप्रति दृढता देखाएको विश्लेषकहरूले बताएका छन्।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया