काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाह मान्यता हुने गरी कुनैपनि कानुन ल्याउन सरकार नलागेको बताएका छन्।

बुधबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले हल्ला चलिरहेको तर बहुविवाहको कुनै पनि कानुन ल्याउन सरकार नलागेको प्रष्ट पारेका हुन्।

advertisement

उनले सामाजिक जागरण, न्यायका लागि लडेर आएको पार्टीले बहुविवाहलाई मान्यता दिन्छ भन्ने कसरी लाग्यो भन्ने प्रश्नसमेत गरेका छन्।

यस्तो हल्ला कसले चलायो भन्ने आफूलेसमेत थाहा नपाएको उनले बताएका छन्।

‘बहुविवाहलाई मान्यता दिने गरी कुनै पनि कानुन ल्याइएको छैन, कुनै पनि हालतमा यसलाई मान्यता दिइँदैन, ‘ प्रधानमन्त्री ओलीले भने।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com