काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुखलाई औपचारिक राजीनामा पत्र बुझाएका हुन्।
सभामुखलाई बुझाइएको पत्रमा उनले लेखेका छन्, “मिति २०८२ साउन २७ गतेको प्रतिनिधिसभा बैठकमा गरेको घोषणाअनुसार, आजैबाट लागू हुनेगरी राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा गर्दछु।”
यसअघि खतिवडाले बैठकमा बोल्दै समितिको नेतृत्वबाट अलग हुने इच्छा प्रकट गरेका थिए।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया