काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपालमा अब लोडसेडिङ हुने कुनै सम्भावना नभएको दावी गरेका छन् ।
पछिल्ला महिनामा कतिपय क्षेत्रमा अघोषित लोडसेडिङ भएको भन्दै आलोचना खेपिरहेका मन्त्री खड्काले केही क्षेत्रबाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको बताए ।
विद्युत् विस्तार र आपूर्तिमा थप सुधारका लागि कामलाई तीव्रता दिइएको मन्त्री खड्काको भनाइ थियो । विद्युत निर्यातबाट झन्डै ५ अर्ब रुपैयाँ बराबरको मुनाफा प्राप्त गरेको खड्काले जनाए ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरुले मन्त्री खड्कालाई विद्युत सेवा लगायत विषयमा प्रश्न राखेका थिए ।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया