काठमाडाैं । गाजा स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा कुपोषण र भोकमरीका कारण थप पाँच जनाको मृत्यु भएको छ। यससँगै गत वर्ष अक्टोबरदेखि हालसम्म यस्ता कारणले ज्यान गुमाउनेको संख्या २२७ पुगेको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ताले मंगलबार जानकारी दिएका छन्।

संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफान दुजारिकले दैनिक पत्रकार सम्मेलनमा बताएअनुसार मृतकमध्ये १०३ जना बालबालिका रहेका छन्। विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अनुसार, गाजामा यो स्थिति संघर्ष सुरु भएयताकै सबैभन्दा गम्भीर भोकमरी र कुपोषणको अवस्था हो।

advertisement

दुजारिकले भने, “यो सङ्कटपूर्ण परिस्थितिमा पनि गाजामा पुग्ने मानवीय सहायता न्यूनतम आवश्यकताभन्दा निकै कम छ। सहायता ढुवानीमा हुने ढिलाइ र अवरोधका कारण आवश्यक परिमाणमा राहत पुर्याउन संयुक्त राष्ट्रसंघलाई ठूलो कठिनाइ भइरहेको छ।”

सोमबार संयुक्त राष्ट्रसंघले इजरायली अधिकारीहरूसँग समन्वयका लागि १६ वटा सहायता अभियान प्रस्ताव गरेको थियो, जसमा खाना, औषधि र इन्धन आपूर्ति जस्ता कार्यहरू समावेश थिए। तर तीमध्ये केवल चारवटा सहज रूपमा सम्पन्न भए, तीनवटा अस्वीकार गरिए र चारवटा विभिन्न अवरोध पार गरेर मात्र सम्पन्न गर्न सकियो।

उनका अनुसार, इजरायली पक्षबाट पूर्वस्वीकृति लिन लामो समय लाग्ने भएकाले मानवीय सहायता समन्वयमा बहुमूल्य समय खेर जाने स्थिति पैदा भइरहेको छ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com