काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा उभिँदै आएको बताएका छन्।

कांग्रेस सूचना, संचार तथा प्रचार विभागले आयोजना गरेको ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, “अब हामी सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा जुट्ने समय आएको छ।”

advertisement

उनका अनुसार, डिजिटल प्लेटफर्मको प्रयोगले कार्यसम्पादनलाई सजिलो र छिटो बनाएको छ, जसले समयको उल्लेखनीय बचत गरेको छ। तर उनले सूचना–प्रविधिको तीव्र विकाससँगै देखिएका नकारात्मक प्रभावहरूतर्फ पनि सचेत रहनुपर्ने आवश्यकता औंल्याए।

देउवाले डिजिटल माध्यममा देखापर्ने नागरिक असुरक्षासम्बन्धी समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायहरूले समयमै कदम चाल्नुपर्नेमा जोड दिए। साथै, कांग्रेस नेतृत्वको सरकारको पहलमा बनेका दूरसञ्चार नीतिहरू, ऐन र नियमहरूले नेपालको दुर्गम बस्तीसमेत प्रविधिको पहुँचमा ल्याएको दाबी गरे।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com