काठमाडौं । पशुपति आर्यघाटमा अन्त्येष्टिको क्रममा शवबाट हड्डी निकालेर बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौँको कपन बसोबास गर्दै आएका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी घर भई गौरीघाट बस्दै आएका ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ठाकुर हड्डी र खरानी खरिद गर्ने मुख्य व्यक्ति हुन् भने यादवले उनलाई सहयोग गरेको बताइएको छ।
घटना गत साउन २३ गतेको हो। बनेपा–९ घर भई कोटेश्वर नरेफाँटमा बसोबास गर्ने ६५ वर्षीय राम शाहीको शव पशुपति आर्यघाटको चिता नम्बर २ मा जलाइरहेको बेला हड्डी निकालिएको खुलेको छ।
पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानको लागि नियन्त्रणमा राखिएको छ।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया