काठमाडौं ।  नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले हिजो प्रधानमन्त्रीले सदनमा कामको प्रगति भन्दा विपक्षीमाथि कटाक्ष गर्न धेरै समय खर्चेको टिप्पणी गरिन्।

advertisement

सांसद शर्माले भनिन्, “बहुविवाहको कानुनलगायत विषयमा उहाँले झुट अभिव्यक्ति दिनुभयो। सरकारले बहुविवाहलाई घुमाएर वैधता दिन खोजेको कुरा प्रस्ट विधेयकमा देखिन्छ। हामीले तथ्य र प्रमाणको आधारमा संसद्मा बोल्दा उहाँले सामाजिक सञ्जालका लागि कन्टेन्ट निर्माण गर्ने थलो भनेर संसद् र सांसदलाई अपमान गर्नुभयो। त्यसप्रति म खेद प्रकट गर्छु।”

उनले देशका प्रधानमन्त्रीले संसद्मा हल्का टिप्पणी गर्नु उचित नभएको पनि उल्लेख गरिन्।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com