काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आगामी भदौ ४ गते हुने भएको छ। बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यक्रमको मिति सार्वजनिक गर्दै आवश्यक तयारीबारे जानकारी दिए।
उनका अनुसार यसअघि नै समूह विभाजन भइसकेकाले यो सत्रमा समूह ११ मा रहेका सांसदहरूले मात्र प्रश्न सोध्न पाउने छन्। सभामुख घिमिरेले प्रश्न सोध्ने सांसदहरूले भदौ १ गते आइतबार दिउँसो १ बजेभित्र आफ्नो प्रश्न लिखित रूपमा प्रतिनिधि सभाका सचिवसमक्ष बुझाउनुपर्ने व्यवस्था रहेको स्पष्ट पारे।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया