काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल बीच कार्यगत एकता भएको छ।

बिहीबार राजधानीमा आयोजित विशेष कार्यक्रममा दुवै दलका शीर्ष नेताहरूको उपस्थितिमा कार्यगत एकता घोषणा गरिएको हो।

साझा मुद्दा, लक्ष्य र उद्देश्य हासिल गर्ने प्रतिबद्धतासहित गरिएको यो एकतालाई निकट भविष्यमा पूर्ण पार्टी एकीकरणमा रूपान्तरण गर्ने नीति दुवै पक्षले सार्वजनिक गरेका छन्।

सहमति पत्रअनुसार, मुलुकको समावेशी, समान अधिकार र न्यायपूर्ण राजनीतिक प्रणालीको निर्माणका लागि एकताबद्ध रूपमा अघि बढ्ने दुवै दलको निर्णय छ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com