गाजा । गाजा सहरको जेइत्नस्थित एक घरमा आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको इजरायली अकुपेसन फोर्स (आइओएफ) ले बिहीबार जनाएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी (वफा) ले स्थानीय स्रोतलाई उद्धृत गर्दै इजरायली ड्रोनले प्रहार गरेपछि उद्धार र नागरिक सुरक्षा टोलीले आठ मृत शरीर घटनास्थलबाट लगेको बताएको छ ।

advertisement

गाजाको दक्षिणमा र मध्य गाजा पट्टीमा सहायता वितरण स्थलमा भेला भएका मानिसहरूलाई लक्षित गरी बम प्रहार गरेको कारण विगत २४ घण्टामा सात जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएको नुसिरातको अल–अवदा अस्पतालमा रिपोर्ट गरिएको छ ।

स्रोतका अनुसार ६ जना घाइतेहरूलाई थप उपचारका लागि अल–अक्सा शहीद अस्पतालमा सारिएको छ । -एजेन्सी

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com