काठमाडौं । भक्तपुरमा गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) विरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सरकारी वकिलले पूरक अभियोगपत्र दायर गरेको छ।

भक्तपुर जिल्ला अदालतमा दायर उक्त पूरक अभियोगपत्र अनुसार, २०८१ भदौ १० गते दिव्यश्वरी टाउन प्लानिङस्थित बड्डाको तावामा चक्रेको योजनामा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको आरोप छ।

advertisement

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेका अनुसार, चक्रेको वतन पहिचान खुलेपछि बयान लिएर अनुसन्धान प्रतिवेदन अदालतमा पेश गरिएको हो। चक्रेलाई बयान र थुनछेकका लागि प्रहरी वृत्त थिमीको हिरासतमा राखिएको छ।

मिलन गुरुङ साउन १५ गते जन्मदिन मनाइरहेका बेला महाराजगञ्जस्थित साम्बाला होटलबाट पक्राउ परेका थिए। त्यसअघि उनलाई काठमाडौँ जिल्ला अदालतले अभद्र व्यवहारको मुद्दामा ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

गोखार छोप्राक घर भएका चक्रे २०५० सालदेखि गुण्डागर्दीमा संलग्न रहेको बताइएको छ। उनले २०७४ वैशाख २६ मा पनि महाराजगञ्जबाट पक्राउ परेका थिए र पछि रिहा भएका थिए।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com