काठमाडौं । सर्लाहीको बागमती नगरपालिकामा निर्माणाधीन ‘भरत ताल’ परियोजनामा भएको भ्रष्टाचार प्रकरणमा संलग्न ठहर गर्दै मेयर भरत थापालाई ८ वर्ष कैद सजाय र १० करोड रुपैयाँ जरिवाना सुनाइएको छ।
विशेष अदालतले साउन २१ गते दिएको फैसलाअनुसार, मेयर थापा सहित नगरपालिकाका कर्मचारीहरू—विमलकुमार पोखरेल र सागर पौडेल—तीनै जना भरत ताल निर्माणका क्रममा नदीजन्य सामग्री (ढुंगा, गिटी, बालुवा) हिनामिना गरी भ्रष्टाचार गरेको प्रमाणित भएको हो।
अदालतले बिहीबार सजाय निर्धारण गर्दै तीनै जनालाई ८–८ वर्ष कैद र जनही १०–१० करोड रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो। यस्तै, पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति बुझाउने आदेश समेत दिएको छ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार बनेका थापा मेयरमा निर्वाचित भएका थिए।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया