काठमाडौं । राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो पौने १२ बजे बोलाइएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०र८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची छ।
राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्नेछन्।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया