काठमाडाैं । भारतले पाकिस्तानी नेताहरूलाई आफ्नो बोली–व्यवहारमा संयम अपनाउन आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबारको साप्ताहिक पत्रकार सम्मेलनमा पाकिस्तानका नेताहरूले भारतविरुद्ध गैरजिम्मेवार, युद्ध भड्काउने र घृणा फैलाउने प्रकृतिका टिप्पणी गरिरहेको उल्लेख गर्दै यस्तो चेतावनी दिएका हुन्।

उनका अनुसार पाकिस्तानी नेताहरूले आफ्ना आन्तरिक असफलता लुकाउन यस्ता उत्तेजनात्मक अभिव्यक्ति दोहोर्याइरहेका छन्। “उनीहरूले आफ्नो जिब्रो नियन्त्रणमा राख्नुपर्छ, किनकि कुनै पनि गलत कदमका परिणाम अत्यन्तै गम्भीर हुनेछन्,” जयसवालले भने।

advertisement

पछिल्ला ४८ घण्टाभित्र मात्र पाकिस्तानका तीन शीर्ष नेताहरू — सेना प्रमुख असीम मुनीर, प्रधानमन्त्री शाहबाज शरीफ र पूर्व परराष्ट्रमन्त्री बिलावल भुट्टो — ले सिन्धु जल सन्धि निलम्बनको विषयलाई लिएर भारतविरुद्ध धम्कीपूर्ण वक्तव्य दिएका छन्।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com