काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार पूर्ण रूपमा अन्त्य गर्न कानुन मात्र पर्याप्त नहुने भन्दै, त्यसका लागि नागरिकको आचरण र चरित्रमा सुधार अपरिहार्य हुने बताएका छन्। ललितपुरमा शुक्रबार आयोजित डिजिटल फ्रेमवर्क २०२५ कार्यक्रमलाई सम्बोधन गर्दै उनले, भ्रष्टाचार नियन्त्रणको मूल आधार मानवीय गुणस्तरको उन्नयन र सही मूल्यबोध भएको शिक्षा हो भनेर स्पष्ट पारे।

प्रधानमन्त्री ओलीका अनुसार, भ्रष्टाचार शून्यमा पुर्‍याउन कानुन कार्यान्वयन आवश्यक भए पनि त्यसबाट मात्र पूर्ण सफलता हासिल गर्न सकिँदैन। “मानिसले ‘म गलत गर्दिनँ’ भन्ने आत्मप्रतिबद्धता लिएपछि नै सबै समस्या समाधान हुन्छ,” उनले भने, “कानुनको डरले मात्रै होइन, चरित्र र गुणस्तरको विकासले नै यो सम्भव हुन्छ।”

advertisement

उनले मोडल एजुकेसनको आवश्यकता औंल्याउँदै, शिक्षा यस्तो हुनुपर्ने बताए जसले मानिसभित्रको नराम्रो पक्षलाई कमजोर बनाइदिओस् र राम्रो पक्षलाई उजागर गरोस्। “समाजले प्रोत्साहित गर्ने खालको शिक्षा जरुरी छ। सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा पनि सकारात्मक बाटो समाउन सके अत्यन्तै उपयोगी हुन्छ,” उनले जोडे।

प्रधानमन्त्री ओलीले अहिलेको प्रविधि, विशेषगरी एआई (कृत्रिम बुद्धिमत्ता) को सदुपयोग देश, जनता र मानव विकासका लागि गर्नुपर्नेमा जोड दिए। “मानव मस्तिष्कभन्दा ठूलो शक्ति अहिलेसम्म सृष्टिले सिर्जना गर्न सकेको छैन, त्यसैले एआईसँग डराउनुपर्ने छैन,” उनले भने।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com