काठमाडाैं । जिल्लाका मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। घटना बिहीबार राति घटेकाे हुन्।
घटना चक्रघट्टा गाउँपालिका–५ पडरियास्थित भित्री सडकमा भयो। बिआर ३० ए ५०३६ नम्बरको भारतीय मोटरसाइकलले स्थानीय ६० वर्षीय बरन बैठा र २० वर्षीय दीपक मण्डललाई ठक्कर दिँदा बैठाको मृत्यु भयो। गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएपनि चिकित्सकले बैठालाई मृत घोषणा गरेका थिए। घाइते मण्डल र मोटरसाइकल चालक हरेकृष्ण यादव (२०) उपचाररत छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया