काठमाडाैं । भारतको जम्मू–कश्मीरको किश्तवाड जिल्ला अन्तर्गत चासोती गाउँमा अविरल वर्षासँगै आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। १४ अगस्ट दिउँसो करिब १२:३० बजे आएको बाढीमा हालसम्म ६० जनाको मृत्यु पुष्टि भएको छ भने २१ जनाको शव पहिचान भइसकेको छ। उद्धार गरिएका १६७ जनामध्ये ३८ जनाको अवस्था गम्भीर रहेको छ भने एक सयभन्दा बढी अझै बेपत्ता रहेका छन्।

बाढीको समयमा हजारौं तीर्थयात्री मचैल माता यात्रामा सहभागी हुन चासोती गाउँ पुगेका थिए। यो यात्राको पहिलो गन्तव्य स्थल हो। तीर्थयात्रा सुरु हुने स्थानमा नै अत्यधिक अविरल वर्षा भएपछि बस, पाल, लङ्गर शिविर र थुप्रै पसलहरू बाढीले बगाएको छ।

advertisement

किश्तवाडका उपायुक्त पंकज शर्माका अनुसार राष्ट्रिय आपतकालीन प्रतिक्रिया बल (एनडीआरएफ)का टोलीहरू उद्धार कार्यमा संलग्न छन् भने थप दुई टोली उद्धारका लागि बाटोमा रहेको जानकारी दिएका छन्।

यस उद्धार तथा खोजी अपरेशनमा जम्मू–कश्मीर प्रहरी, एसडीआरएफ, ह्वाइट नाइट कोर्प्सको मेडिकल टोली र पाँच सेना टोलीसहित कुल ६० कर्मचारी (कुल ३०० को टोलिमा) सहभागी छन्।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com