काठमाडौं । नेकपा माओवादी केन्द्रले बजेट विनियोजनको वर्तमान प्रणालीलाई सुधार गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।
शुक्रबार राष्ट्रिय सभामा विशेष समय पाउँदै पार्टीका तर्फबाट सांसद जगप्रसाद शर्माले वित्तीय संघीयतालाई मजबुत बनाउन अर्थतन्त्र र बजेट विनियोजनको पुन:संरचना आवश्यक रहेको बताए।
सांसद शर्माले भने, “हाल स्थानीय तहलाई १५ प्रतिशत, प्रदेशलाई १५ प्रतिशत र संघलाई ७० प्रतिशत बजेट दिने प्रचलन छ। यसलाई उल्टाएर प्रदेशलाई ३० प्रतिशत, स्थानीय तहलाई ३० प्रतिशत र संघलाई ४० प्रतिशत बजेट दिनुपर्छ। यसरी गर्दा संघीयतालाई प्रभावकारी रूपमा आत्मसात् गर्न सकिन्छ।”
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया