काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. चन्दा कार्कीले हतारमा विधेयक अघि बढाउनुहुँदैन भन्ने सुझाव दिएकी छन्। शुक्रबार सिंहदरबारमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले यस्तो धारणा राखिन्।

सांसद कार्कीले हतारमा निर्णय गर्दा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिनुपरेको स्मरण गराउँदै, कुनै पनि विधेयक वा प्रस्ताव अघि बढाउँदा सोचविचारपूर्वक कदम चाल्नुपर्ने बताइन्।

advertisement

उनले भनिन्, “म तत्काल ह्वारर पढेर फिडब्याक दिन सक्दिनँ। तर, हाम्रै अनुभवले देखाएको छ कि हतारमा काम गर्दा संसदका सबै सांसदहरू बेकुफ बनेका छौं। त्यस्तो अवस्थामा विधेयक पास भए पनि परिणाम राम्रो आउँदैन। त्यसैले विधेयक अघि बढाउनुअघि गहन छलफल र बुझाइ आवश्यक छ।”

सांसद कार्कीले समितिमा र सदनमा पर्याप्त छलफल गरी मात्र विधेयकहरू अघि बढाउनु उचित हुनेमा जोड दिइन्।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com