काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई संसदको गतिविधिमा सहभागी हुन आग्रह गरिएको बताएका छन्।

सभामुखसँग भदौ महिनाको कार्यसूचि विषयमा सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले भने, “संसद ४ गतेबाट सुरु हुँदैछ। उहाँहरुलाई संसदीय गतिविधिमा भाग लिन आग्रह गरिएको छ। अब संसदको सदस्य भइसकेपछि दायित्व र जिम्मेवारी पनि हुन्छ।”

advertisement

घिमिरेले संसदीय गतिविधिमा नैतिक जिम्मेवारीका साथ सहभागी हुन रास्वपालाई आग्रह गरिएको जानकारी पनि दिएका छन्।

त्यसैगरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियाले आफ्ना मागहरुप्रति सरकारले गम्भीर हुनु पर्ने बताउँदै भने, “सरकार हाम्रो माग सुन्न चाहँदैन। तर सभामुखज्युले सबैको उपस्थितिले राम्रो हुन्छ भनेका छन्। संवादको ढोका खुला राख्दै जनताको मुद्दामा अघि बढ्छौँ।”

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com