काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी कुलिङ अफ पिरियड प्रतिवेदनमा देखिएका त्रुटि सुधारका लागि गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

शुक्रबार सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूको सल्लाह अनुसार प्रतिनिधि सभाका सचिव हर्कराज राईमार्फत प्रतिवेदन सबै दलका संसदीय कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यान्वयनका लागि पठाउन निर्देशन दिएका छन्।

advertisement

त्यसैगरी, सभामुख घिमिरेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सङ्घीय संसद् सचिवालयलाई आवश्यक कार्यान्वयनका लागि प्रतिवेदन पठाउन पनि सचिव राईलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com