काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को कुलिङ अफ पिरियड सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका छन्।

सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझावअनुसार सबै दलका संसदीय कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई प्रतिवेदन कार्यान्वयनका लागि पठाउन प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई निर्देशन दिएका हुन्।

advertisement

त्यस्तै, घिमिरेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संघीय संसद सचिवालयलाई आवश्यक कार्यान्वयनका लागि प्रतिवेदन उपलब्ध गराउन पनि सचिव राईलाई आदेश दिएका छन्।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com