भारी मनसुनी वर्षाले उत्तरी पाकिस्तानमा बाढी र आकस्मिक डुबान निम्त्याउदा कम्तिमा ५० जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना बाढीका कारण भत्किएका घरको भग्नावशेषमा फसेको विपद् व्यवस्थापन निकायका अधिकारीहरूले शुक्रबार बताएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तमा विगत २४ घण्टामा कम्तीमा २३ जनाको तथा कश्मीरमा सात जनाको मृत्यु भएको क्षेत्रीय विपद् व्यवस्थापन अधिकारीहरूले पुष्टि गरेका छन् ।

advertisement

बाढीले उत्तरपश्चिमी बाजौर जिल्लामा धेरै घरहरू बगाएको छ भने त्यहाँ उँदा १६ जनाको मृत्यु भएको छ र २० जनाभन्दा बढी भग्नाबशेसमा फसेको प्रान्तीय प्रकोप व्यवस्थापन निकायलाई उदृत गर्दै एएफपीले बताएको छ ।

मौसम विज्ञान विभागले उत्तरपश्चिम क्षेत्रमा भारी वर्षाको चेतावनी पनि जारी गर्दै मानिसहरूलाई ‘जोखिम’ क्षेत्रमा नजान आग्रह गरेको छ ।

वार्षिक मनसुनीे मौसमले दक्षिण एसियामा ७० देखि ८० प्रतिशत वर्षा हुने हुनाले कृषि र खाद्य सुरक्षालगायतका क्षेत्रलाई सकारात्मक योगदान पुर्याउँछ ।

पाकिस्तानमा यसअघि सन् २०२२ मा आएको मनसुनी बाढीले देशको एक तिहाइ भाग डुबाउदा एक हजार ७०० जनाको मृत्यु भएको थियो।

  • एजेन्सी

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com