काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशमा अराजकता फैलाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयको नयाँ भवन उद्घाटन गर्दै उनले नयाँ पार्टीहरूले जनतामा भ्रम फैलाइरहेको टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले भने, “राजतन्त्र जस्ता अँध्यारा दिन फर्काउन केही तत्वहरू लागिरहेका छन्। देशमा अराजकता मच्याउने प्रयास भइरहेछ। केहीले आफूलाई नयाँ शक्ति भनेर जनतालाई भ्रममा पारिरहेका छन्। यस्ता नयाँ पार्टीहरू भए पनि देशको विकासमा कुनै योगदान छैन।”

advertisement

उनले देशलाई अहिलेको अवस्थामा ल्याउन आफूमार्फत गरिएको बलिदान, संघर्ष र त्यागको स्मरण गर्दै थपे, “धेरै सहिद भए, अंगभंग भए, जेलसहिता लामो सङ्घर्ष र क्षतिबाट हामीले अन्धकार युगको अन्त्य गरी आजको प्रगतिशील युगमा ल्यायौं। तर, सङ्घर्ष नगरेका र देश भत्काउन चाहने केही व्यक्ति संसद्मा पुग्दा पनि जनताका समस्या सुन्तैनन्, भत्ता पाउँछन् र बाहिर जान्छन्। यो व्यवस्थालाई अझ सुदृढ बनाउँदै अघि बढाउँछौँ।”

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com