रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान भीषण आगलागी हुँदा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् ।

क्षेत्रीय सञ्चालन मुख्यालयका अनुसार आगलागी बिहान करिब १०ः३० बजे (स्थानीय समयअनुसार) शिलोभ्स्की जिल्लाको एक उत्पादन कार्यशालामा भएको हो ।

advertisement

घटनामा मृत्यु हुनेहरूको संख्या अझै पुष्टि भइरहेकाले विवरण संकलनको कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

यसअघि, रूसी समाचार संस्था आरआईए नोभोस्तीले आपतकालीन सेवाको हवाला दिँदै घटनास्थलमा बारुद विस्फोट भएको र त्यसका कारण तीन जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको प्रारम्भिक जानकारी दिएको थियो ।

  • एजेन्सी

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com