काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय परिषद् सदस्य दिपेन्द्र कुवर ‘यथार्थ’ नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

बैतडी जिल्लाकाे कुवाकोट निवासी कुवरलाई शुक्रबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुमलटारस्थित आफ्नो निवासमा स्वागत गरेका हुुन ।

advertisement

जनयुद्धकालदेखि माओवादी आन्दोलनमा सक्रिय रहेका कुवर नेकपा विभाजनपछि एमालेतर्फ लागेका थिए। पार्टी पुनर्मिलनका क्रममा माओवादी केन्द्रका बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कुवर ‘विजय सुन्दर’ ले उनीलाई पार्टी प्रवेश गराउन पहल गरेका हुन्।

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com