काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाही हाल अमेरिका भ्रमणमा छन्। भ्रमणका क्रममा उनले अमेरिकी युवा प्रविधि नेताहरूसँग भेटघाट तथा छलफल गरेका छन्।
शाहीले अमेरिकी प्रविधि संस्था किन्डकोड यूएसए का युवा नेताहरूसँगको संवादलाई प्रेरणादायक अनुभव बताउँदै नेपाल र अमेरिकाको शिक्षा प्रणालीबीचको भिन्नता तथा प्रविधि शिक्षाको सम्भावना विषयमा विचार विनिमय गरिएको जानकारी दिएका छन्।
सो अवसरमा उनले नेपाली विद्यार्थीलाई सानै उमेरदेखि व्यावहारिक सीप सिक्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। “शैक्षिक अध्ययनसँगै व्यावहारिक सीप सिक्न थाल्नुपर्छ भन्ने सन्देश म सम्पूर्ण नेपालीहरूलाई पुर्याउन चाहन्छु,” शाहीले भने।
प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार













प्रतिक्रिया