काठमाडाैं । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम-कोरला सडकअन्तर्गत कागबेनी–छुसाङ खण्ड कालोपत्र सुरु भएको छ।

पहिलो चरणमा ९ दशमलव ८ किलोमिटर कालोपत्र हुन लागेको गरिन लागेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले बताए। यो सडक कालोपत्र गर्न रु २८ करोड ८७ लाख विनियोजन गरिएको छ। यसअघि घाँसादेखि कागबेनीसम्म कालोपत्र भइसकेको छ।

advertisement

प्रमुख झाका अनुसार कागबेनी–छुसाङ सडक २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। सडकको लम्बाइ ११ मिटर र चौडाइ सात मिटर हुनेछ।

  • रासस

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com