काठमाडाैं । अलास्का युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा युद्धविरामका लागि वार्ता गर्न आफू तयार रहेको बताएका छन्। ट्रम्पको प्रस्तावलाई समर्थन गर्दै जेलेन्स्कीले रूस र अमेरिकासँग त्रिपक्षीय प्रारूपमा छलफल गर्न तत्परता जनाएका हुन्।

जेलेन्स्कीले ट्रम्पसँग अलास्कामा करिब एक घन्टासम्म कुराकानी गरेपछि युरोपेली नेतासँग टेलिफोन वार्ता पनि गरेका थिए। उनले हरेक चरणमा युरोपेली नेताहरू संलग्न हुन आवश्यक रहेको र अमेरिकाले युक्रेनको सुरक्षामा भूमिका खेल्ने सकारात्मक संकेत दिएको बताएका छन्।

advertisement

जेलेन्स्कीले आगामी सोमबार वाशिङटन जाने र राष्ट्रपति ट्रम्पसँग भेट गरी युक्रेनमा जारी युद्ध र हिंसा अन्त्यका उपायबारे छलफल गर्ने बताएका छन्। ‘राष्ट्रपति ट्रम्पले अलास्कामा पुटिनसँगको बैठक र त्यसमा भएका मुख्य विषयहरूबारे जानकारी गराएका छन्,’ उनले भने।

अलास्कामा पुटिनसँग तीन घन्टे वार्ता सम्पन्न भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बल अब जेलेन्स्कीको कोर्टमा पुगेको बताएका छन्। ट्रम्पले तत्काल सहमति नभए पनि धेरै प्रगति भएको र महत्त्वपूर्ण विषयमा सहमति हुन बाँकी रहेको बताए।

रूसी राष्ट्रपति पुटिनले युक्रेन युद्धलाई रूसको सुरक्षामा रहेको मौलिक खतरा भनेका छन् र आफ्ना चार अडान कायमै राखेका छन्: युक्रेनको ठूलो भू-भाग रूसको नियन्त्रणमा ल्याउने, सेना घटाउने, युक्रेनलाई नेटोमा सहभागी नगराउने र युक्रेनको सरकार परिवर्तन गर्ने। यी माग युक्रेन र पश्चिमी मुलुकहरूले अस्वीकार्य बताइसकेका छन्।

ट्रम्प र पुटिनबीच वार्ता तय भएपछि युरोपेली नेताहरूले भर्चुअल संवादमा युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई असर गर्ने कुनै पनि निर्णय अमान्य हुने बताएका थिए। ट्रम्पले यसबारे युक्रेनको स्वीकृति आवश्यक रहेको बताए।

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com