काठमाडाैं । अमेरिकी विदेश मन्त्रालयले गाजाबाट आउने सबै आगन्तुक भिसा निलम्बन गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार हाल भिसा प्रक्रियामा अस्थायी उपचार र मानवीय आधारमा जारी हुने अनुमतिलाई पुनरावलोकन गर्ने उद्देश्यले यो कदम चालिएको हो।

अमेरिकाको यस निर्णयप्रति केही प्यालेस्टिनी अधिकार समूहहरूले कडा आपत्ति जनाएका छन्। विशेषगरी गाजाबाट घाइते र गम्भीर बिरामी बालबालिकालाई उपचारका लागि अमेरिका ल्याउने प्रक्रिया अवरुद्ध हुने भन्दै प्यालेस्टिनी बाल राहत कोषले यसलाई गम्भीर मानवीय असर पार्ने निर्णय भनेको छ।

advertisement

भिसा कार्यक्रमबारे अति दक्षिणपन्थी कार्यकर्ता लौरा लुमरले निरन्तर सामाजिक सञ्जाल एक्समार्फत आलोचना गर्दै यसलाई बन्द गर्न पूर्व राष्ट्रपति ट्रम्प प्रशासनलाई समेत आग्रह गरेकी थिइन्। त्यसपछि विदेश मन्त्रालयले नीति परिवर्तन गरेको बताइएको छ।

प्यालेस्टिनी बाल राहत कोषका अनुसार २०२४ मा मात्रै गाजाका १६९ बालबालिकालाई विदेश उपचारका लागि मध्यपूर्व, युरोप, दक्षिण अफ्रिका र अमेरिका पठाइएको थियो।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेपछि सुरु भएको युद्ध करिब दुई वर्षदेखि जारी छ। यसबीच गाजाका अधिकांश अस्पताल ध्वस्त भइसकेका छन् र स्थानीय बासिन्दा गम्भीर खाद्यान्न संकटमा परिरहेका छन्।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com