काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७०० रुपैयाँ घटेको हो ।जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार













प्रतिक्रिया