काठमाडौं । आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ उपनिर्वाचनको तयारीस्वरूप नेपाली कांग्रेसले फिल्ड अध्ययनका लागि महामन्त्री विश्वप्रकाश शर्मालाई रुपन्देही पठाएको छ। पार्टीका अर्का महामन्त्री गगन थापाले शर्माले उपनिर्वाचनसम्बन्धी मैदानको अवस्था अध्ययन गर्न रुपन्देही पुगेको जानकारी दिएका हुन्।
यसअघि कांग्रेसले २०७९ को निर्वाचनमा रुपन्देही–३ बाट उम्मेदवार बनेका केन्द्रीय सदस्य बालकृष्ण खाण, जिल्ला सभापति रामकृष्ण खाण र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पदाधिकारी बैठकमा सहभागी गराएर त्यहाँको राजनीतिक अवस्थाबारे विवरण लिएको थियो।
महामन्त्री शर्माले अब सो क्षेत्रमा पार्टीको संगठनात्मक बल, उपनिर्वाचन जित्नका लागि आवश्यक रणनीति तथा कस्तो नेतालाई उम्मेदवार बनाउने भन्ने विषयमा अध्ययन गरी केन्द्रमा प्रतिवेदन पेस गर्नेछन्।
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार













प्रतिक्रिया