काठमाडौं । नेकपा एकीकृत समाजवादीले रुपन्देही–३ उपनिर्वाचनका लागि अध्ययन प्रतिवेदन तयार गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलको संयोजकका रूपमा उपमहासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज मेटमणि चौधरी नियुक्त भएका छन्।

सचिव सोमप्रसाद पाण्डे, प्रदेश कमिटी अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इञ्चार्ज नन्द बन्जाडे र जिल्ला अध्यक्ष हिराध्वज शाह कार्यदलका अन्य सदस्य रहेका छन्।

advertisement

कार्यदलले भदौ १० भित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ। सचिव पाण्डेका अनुसार आइतबार कार्यदलको पहिलो बैठक बसेर प्रतिवेदन तयार गर्ने प्रक्रिया सुरु गरिएको छ।

आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनमा एकीकृत समाजवादीले एक्लै उम्मेदवारी दिने कि अन्य पार्टीसँग सहकार्य गर्ने भन्ने निर्णय प्रतिवेदन प्राप्त भएपछि तय गरिने उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिएका छन्।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com