काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

आजै काठमाडौं आएका मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको केही समयपछि राष्ट्रपति पौडेलसँग पनि भेट गर्न शीतलनिवास पुगेका थिए।

advertisement

विदेश सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा आएका हुन्। उनी सोमबार पशुपतिनाथ दर्शन गरी भारत फर्कने कार्यक्रम रहेको छ।

मिश्रीको भ्रमणको प्रमुख उद्देश्य भदौ ३१ गते प्रधानमन्त्री ओलीको भारत भ्रमण तयारी समन्वय गर्नु रहेको बताइएको छ। आजका भेटवार्तामा भ्रमणका एजेन्डा र द्विपक्षीय सम्बन्धसँग सम्बन्धित विषयमा छलफल हुनेछ।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com