काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई धन आर्जनको साधन नबनाउन आग्रह गरेका छन्।

राप्रपाको केन्द्रीय प्रशिक्षण विभागले आइतबार राजधानीमा आयोजना गरेको नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राजनीति सेवा र समर्पणको क्षेत्र भएकाले यसलाई पैसा कमाउने व्यवसायजस्तो बनाउने गलत प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।

advertisement

उनले राजनीतिले खान–लाउन नदिने भएकाले यस क्षेत्रमा सक्रिय जो–कोहीले आफ्नो जिविकोपार्जनका लागि अन्य पेशा वा व्यवसायमा पनि संलग्न हुनैपर्ने आवश्यकता रहेको उल्लेख गरे।

“मैले राजनीतिक जीवनभर कुनै बेइमानी गरेको छैन, कसैबाट एक रुपैयाँ पनि घुस लिएको छैन,” लिङ्देनले दृढताका साथ भने।

उनले नेपालको स्रोत–साधनको सही सदुपयोग गर्न सके युवाहरूलाई रोजगारी खोज्न बिदेसिनु नपर्ने र स्वदेशमै अवसर सिर्जना गर्न सकिने धारणा पनि राखे।

सो अवसरमा अध्यक्ष लिङ्देनले पार्टीको घोषित उद्देश्य प्राप्तिका लागि महिलासंगठनका कार्यकर्ताहरूलाई एकजुट भएर अघि बढ्न निर्देशन दिए।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com