सङ्खुवासभा ।  सशस्त्र प्रहरी बल नेपाल किमाथाङ्का स्थित सीमा सुरक्षा पोष्ट (बिओपी) र चिनियाँ प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकाका रहेका नेपाल–सीमामा रहेका स्तम्भ निरीक्षण गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरअन्तर्गतको किमाथाङ्का बिओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-१ किमाथाङ्का चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना पर्ने नेपाल-चीन सिमानाका पाँच स्तम्भको निरीक्षण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर-४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलका अनुसार उक्त टोलीले ६६, ६७, ६८/२, ६९/१ र ६९/२ नम्बरका स्तम्भ (जङ्गेपिल्लर) निरीक्षण गर्नुका साथै सीमाको अवस्थालगायतबारे जानकारी लिएको थियो ।

advertisement

टोलीमा किमाथाङ्काका इन्चार्ज नविन खतिवडा नेतृत्वमा सात जना, नेपाल प्रहरीका चार जना र चीनका तर्फबाट आठ जनाको सहभागी थिए । टोलीले सीमा स्तम्भ निरीक्षणका साथै सरसफाइ समेत गरेको थियो ।

नेपाल-चीनको सीमाअन्तर्गत सङ्खुवासभामा २१ वटा स्तम्भ छन् । भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा गत जेठमा आएको बाढीले यहाँस्थित ७१÷१ नम्बरको स्तम्भ बगाएको थियो । भोटखोला गाउँपालिका वडा नं १, २ र ३ को भूभाग चीनसँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजारको बसोबास छ । किमाथाङ्का नाकामा २०७६ सालमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट स्थापना भएको हो ।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com