काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। आइतबार मिस्री देउवा निवास बुढानीलकण्ठ पुगेर सभापति देउवासँग भेटघाट गरेका हुन्।

देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उक्त भेट नेपाल–भारतबीचको विश्वास, सद्भावना र आपसी सहयोगलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहेको उल्लेख गरेका छन्।

advertisement

उनले लेखेका छन्, “हाम्रो छलफल पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको साझा आकांक्षामा निर्मित निकट तथा बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्नमा केन्द्रित थियो।”

यसअघि नेपाल आगमनपछि विदेश सचिव मिस्रीले सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरिसकेका छन्।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com