काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय विदेशसचिव विक्रम मिस्रीसँग भेटेर नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल गरे। भेटमा आपसी हित, कनेक्टिभिटी, पर्यटन, आर्थिक र प्राविधिक सहकार्य, व्यापार सहजीकरण तथा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र बाढी–डुबान नियन्त्रणमा सहकार्य बढाउने विषयमा कुराकानी भएको छ।
मन्त्री राणाले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै रेलवे, स्थलमार्ग र हवाई मार्गमार्फत कनेक्टिभिटी विस्तार गर्नुपर्ने, धनगढीको फाप्ला क्रिकेट स्टेडियम निर्माणमा सहयोग आवश्यक भएको र निजी क्षेत्रका निकासी समस्याहरूको समाधानमा सहयोग मागेकी छन्।
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार













प्रतिक्रिया