काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको शीघ्र रिहाइका लागि सरकारले उच्च प्राथमिकताका साथ पहल गरिरहेको बताएका छन्।

उनका अनुसार, इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले हालै इजरायलका राष्ट्रपति आइज्याक हेर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेट गरी विपिनको रिहाइका लागि आग्रह गरेका छन्।

advertisement

प्रधानमन्त्री ओलीले यसअघि पनि मध्यपूर्व शान्तिका लागि सक्रिय टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते फोन संवाद गरी विपिनको मुक्तिबारे ध्यानाकर्षण गराइसकेको स्मरण गराए।

उनले भने, ‘सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै सबै सम्भावित पहलमा जुटिरहेको छ। परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ।’

प्रधानमन्त्री ओलीले विपिनको मुक्तिका लागि सहयोग गरिरहेका नेपाली तथा स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्। उनले थपे, ‘विपिनका परिवारसँग सरकार छ, सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न कुनै कसर बाँकी रहने छैन।’

 

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com