काठमाडौँ । युद्धग्रस्त गाजा क्षेत्रका नागरिकलाई स्थानान्तरण गर्ने इजरायलको तयारीलाई लिएर प्यालेस्टाइनको विद्रोही समूह हमासले आपत्ती जनाएको छ ।

इजरायले गाजा क्षेत्रका सर्वसाधारणलाई स्थानान्तरण गर्ने प्रक्रिया सुरु गरेसँगै हमासले सो क्षेत्रमा नरसंहार र विस्थापनको नयाँ तरङ्ग आउन सक्ने भन्दै आपत्ती जनाएको हो ।

advertisement

इजरायली सेनाले नागरिकहरुको सुरक्षा सुनिश्चित गर्न युद्ध क्षेत्रबाट एन्क्लेभको दक्षिणी क्षेत्रमा स्थानान्तरण गर्ने योजना अनुरुप तयारी गरिरहेका बेला हमासको प्रतिक्रिया सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इजरायले मानवीय उद्देश्यको आडमा गाजा क्षेत्रका लाखौँ नागरिकमाथि जबर्जस्ती विस्थापनको प्रयास गरेको हमासले आरोप लगाएको छ ।

सन् २०२३ को अक्टोबर ७ बाट सुरु युद्धमा परि हजारौं सर्वधारणको मृत्यु भइसकेको छ भने हमासले २ सय ५१ जनालाई बन्धक बनाएको थियो। गाजामा रहेका बन्धकमध्ये २० जना मात्र जीवित रहेको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com