काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज कोशी प्रदेशको राजधानी विराटनगर प्रस्थान गर्दैछन्।

उनको सचिवालयका अनुसार भण्डारी सोमबार बिहान ११:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगर जाने कार्यक्रम तय भएको छ।

advertisement

भण्डारी विराटनगरमा ‘उद्घोष दैनिक’को २१ औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट प्रेस संगठनसँग आबद्ध कोशी अध्यक्ष पत्रकार बन्धु पोखरेललगायत सञ्चालक रहेको यो पत्रिकाले भव्य समारोहको आयोजना गरेको छ।

वार्षिकोत्सव कार्यक्रममा सहभागी भएपछि भण्डारीले विराटनगरमा विभिन्न राजनीतिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको बताइएको छ।

साउन ५ र ६ गते सम्पन्न नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको थियो। सो निर्णयप्रति असहमति जनाउँदै उनले तत्कालीन एमाले उपाध्यक्षको हैसियतमा विज्ञप्ति जारी गरेकी थिइन्।

यसबीच भण्डारीले पुनः राजनीतिक गतिविधि सञ्चालन गर्ने संकेत स्वरूप काठमाडौंको थापागाउँमा कार्यालय सञ्चालनका लागि घर भाडामा लिएर तयारी पूरा गरिसकेको बुझिएको छ।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com