काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले सोमबार बिहान जंगी अड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन्।
जंगी अड्डा स्रोतका अनुसार भेटका क्रममा दुई देशबीचको आपसी हित र सहकार्यका विषयमा विस्तृत कुराकानी भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन आइतबार काठमाडौं आएका विदेशसचिव मिश्रीले त्यसदिन नै प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरिसकेका छन्।
उनले सोमबार बिहानका केही अनौपचारिक भेटघाटपछि दिउँसो स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया